पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १२:४७ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरेका छन् ।

पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो ।

ओम हस्पिटलका मेडिकल डाइक्टर केपी देवकोटाले विरामीका आफन्त र चिकित्सकको सहमति अनुसार अप्रेसन भएको बताए । विरामीको यसअघि नै पाठेघरको अप्रेसन भएकाले चिकित्सकले आइपर्ने जोखिमबारे पहिले नै जानकारी र आँकलन गरेको देवकोटाले बताए ।

विरामीको जीउमा यसअघि गरिएका अप्रेसनबाट चिरिएका खतहरु थिए । जेलिएको आन्द्राका कारण पित्त थैलीलाई निकाल्न सहजै नमिल्ने भएकाले फरक प्रक्रिया अपनाएर अप्रेसन सुरु गरेको उनले जानकारी दिए ा।

ुआन्द्राले पित्तको थैलीलाई छोपेको अवस्थामा अप्रेसन भएको हो’ , उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us