
काठमाण्डु, ३० जेठ – बेलायतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार फ्रान्सको पेरिस पुगेका छन् ।
फ्रान्सको तीन दिने औपचारिक भ्रमणका क्रममा पेरिस पुगेका प्रधानमन्त्री ओलीलाई पेरिसको रेल्वे स्टेसनमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रांस्वा जेभियर लेगर तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको भ्रमण टोली बेलायतबाट रेल चढेरै पेरिस गएको थियो । बिहीबार दिउँसो प्रधानमन्त्री ओलीले फ्रान्सेली व्यवसायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साँझ प्रधानमन्त्री ओलीको सम्मानमा पेरिसमा रहेको नेपाली राजदूतावासमा राजदूत दीपक अधिकारीले रात्रि भोजको आयोजना गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको छ ।