यूएईमा अलपत्र नेपाली स्वदेश फर्किए

काठमाण्डु टुडे २०७६ जेठ ३० गते ११:२७ मा प्रकाशित

यूएई, ३० जेठ – संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र सात जना नेपाली स्वदेश फर्किएका छन् ।

कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो ।

दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् ।

यीमध्ये ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us