धनुषाधाम नगरपालिकामा मध्यराती कसले बम पड्कायो ?

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १०:४५ मा प्रकाशित

जनकपुरधाम, ३० जेठ – धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ । बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको जानकारी दिए ।

उनका अनुसार विस्फोटबाट सामान्य क्षति पुगेको छ । मानवीय क्षति भएको छैन् । विस्फोटको घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर हिरणकुमार यादवले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us