
काठमाण्डु, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले अचेल फुर्सदिला छन् ।
प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका र पार्टीमा पनि कुनै भूमिका नपाइसकेका गौतमले बिहानको समय शारिरीक व्यायाममा खर्चिइरहेका छन् ।
दुई दिनयत उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गरेका छन् ।
बुधबार फेसबुक पेजमा घरमै व्यायाम गरेको फोटो सार्वजनिक गरेका गौतमले बिहीबार मर्निङ वाकको फोटो सार्वजनिक गरेका छन् ।
बिहान ४ बजेनै उठेर व्यायाम थाल्ने गौतम त्यसपछि एक घन्टा भैँसेपाटीको घरदेखि मगरगाउँसम्म हिँडे गर्छन् ।
६९ वर्षका उनले खानपिनमा पनि ध्यान दिन्छन् । उनको खानामा अन्न र नुन एकदमै कम, सागपात र माछा हुने गर्छ ।
उनले भनेका छन्, ‘नियमित शारीरिक ब्यायामले प्रत्येक दिनलाई सरल, उर्जाशिल र गतिशिल बनाँउछ, स्वस्थ्य रहौं, खुसी रहौं, शुभ बिहानी!!! ’