प्रधानसेनापति असार १ गते चीन जाने

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, २९ जेठ – प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।

छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्न लागेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us