जापानले भन्योः पाइलटका कारण विमान समुद्रमा खस्यो

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १४:४९ मा प्रकाशित

टोकियो, २७ जेठ – जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।

मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालेको छ । विमानमा कुनै प्राविधिक समस्या नरहेको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

गत अप्रिल ९ मा जापानको उत्तरपूर्वी मासावाबाट १३५ किलोमिटर टाढा समुद्रमा उक्त लडाकू विमान तालिमका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान अद्यापी फेला परेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us