
काठमाण्डु, २३ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षा वडिगार्ड फेरिएका छन् ।
अध्यक्ष प्रचण्डको निजी सुरक्षामा प्रहरी प्रधान कार्यालयले डिएसपी नरेशराज सुवेदीलाई पठाएको छ ।
अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरोलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि डिएसपी सुवेदीलाई प्रचण्डको सुरक्षा जिम्मेवारी दिइएको हो ।