
काठमाण्डु, २३ जेठ – ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झण्डिएको अवस्थामा भेटिएको छ । बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका जानी शर्मा र उनकी छोरी राधिका शर्मा रहेको प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले जानकारी दिए ।
उनीहरुको हत्या वा आतमहत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहको सहायक निरीक्षक कुमारले जानकारी दिए ।
अहिले घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको र थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजुकुमार खिउजूको नेतृत्वको प्रहरी टोली घटनास्थल आएको असई कुमारले जानकारी दिए ।