
काठमाण्डु, २३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले वृद्धभत्ता पाउने उमेरहद ७० वर्षबाट ६५ वर्षमा झार्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा कांग्रेस सांसद यादवले वृद्धभत्ताको उमेरहद ६५ कायम गर्न माग गरेकी हुन् ।
‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन जोडदार माग गर्दछु । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको निर्णय अनुसार ४ वटा गम्भीर बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयन गर्न माग गर्दछु,’ उनले भनिन् ।