सानेपामा भयानक दुर्घटना, तीन वटा जीप र मोटरसाइकल ठोक्किए

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १६:४३ मा प्रकाशित

ललितपुर, १९ जेठ – ललितपुरको सानेपामा तीन जीप र एक मोटरसाइकल एकआपसमा ठोक्किएका छन् ।

दुर्घटनामा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको ज्यान गएको नर्भिक अस्पतालले जनाएको छ ।

तीन जीप र एक मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सुरुमा दुई जीप ठोक्किएको र त्यसपछि अनियन्त्रित भएर अर्को जीप र मोटरसाइकल पनि ठोक्किन पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us