
काठमाण्डु, १९ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई बन्द–हडताल गर्न पूर्ण प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । मन्त्री पण्डितले बन्द–हड्ताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पारेका हुन् ।
आइतवार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले इमान्दार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताए । मन्त्री पण्डितले ट्रेड युनियनका नेता कर्मचारीले डयूटी नगरे हुने मान्यता सरकारलाई स्वीकार्य नहुने पनि दोहो¥याए ।
मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारीसरह हुनुपर्ने माग जायज नभएको पनि प्रष्ट पारे ।