
काठमाण्डु, १९ जेठ – आइतबार बिहान एअर इन्डियाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । विमान धावनमार्गमा आइपुग्न लाग्दा ल्याण्ड गर्न नसकेर ओभरसुट गरेको हो ।
भारतको नयाँ दिल्लीबाट काठमाण्डु आएको एआई २१३ कलसाइनको एअरबस ३२०–२१४ सिरिजको जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
विहान ८ः५५को समयमा ल्यान्ड गर्न आएको विमान बाटो पहिल्याउन नसकेर ओभर सुट गरेको थियो । त्यसपछि विमान फेरि निजगढ पुगेर फेरि अवतरणको लागी आयो र सबा ९ बजे सफल अवतरण गर्यो ।
आजको ओभरसुट निकै खतरा रहेको र विमान ठूलो दुर्घटनाबाट टरेको विमानस्थलका अधिकारीले जानकारी दिए ।