
काठमाण्डु, १९ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएको छ । आयोगले संविधान उल्लंघन गरेको राजपाको आरोप छ ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गरेका हुन् ।
‘न्यायपरिष्दले समानुपातिक समावेशी गर्दैन, मन्त्रिपरिषद्ले राजदूतको नियुक्ति गर्छ समावेशी हुँदैन, संवैधानिक आयोगको सिफारिश समावेशी छैन,’ कर्णले संसद्मा भने, ‘हुँदा,हुँदा लोकसेवा आयोगले ९ हजारभन्दा बढी पदका लागि विज्ञापन निकालेको छ, लोक सेवा आयोगले पनि नमान्ने यो संविधानलाई ? अब यो संविधान कसले मान्ने ?’
कर्णले लोकसेवाको विज्ञापन नसच्चिएसम्म संसद्को अधिवेशनमा अवरोध गर्नुपर्ने बताए ।