काठमाण्डुसहित देशभर कहिलेसम्म पर्छ पानी ? यस्तो मौसम विभागको अनुमान
काठमाण्डु टुडे
२०७६ जेठ १९ गते ११:३० मा प्रकाशित
काठमाण्डु, १९ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डुसहित देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले देशभरजसो मौसम बदली छ ।
अपराह्न या साँझपख काठमाण्डुसहित मध्य र पश्चिम क्षेत्रका पहाडी तथा पूर्वका तराई–पहाड दुवै भेगमा मेघ गर्जनहित वर्षा हुने सम्भावना छ ।
महाशाखाले जारी गरेको बुलेटिनअुनसार आजदेखि तीन दिन(मंगलबार) सम्म आंशिकदेखि सामान्यसम्म देशैभर मौमस बदली हुनेछ । आज राति मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
यस्ताे छ माैसम विभागकाे तीन दिनकाे माैसमी अनुमान:
जेष्ठ १९ गते (आइतबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही केहि पहाडी भू-भागहरूमा र पूर्वी तराईमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।
जेष्ठ २० गते (सोमबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू–भागमा आंशिक बदली रहने देखिन्छ ।
जेष्ठ २१ गते (मंगलबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरीसहित वर्षाको सम्भावना छ ।