एयरपोर्टमा क्यानेडियन महिलाको ‘ह्यान्ड ब्याग’मा भेटियो अवैध मुद्रा

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, १९ जेठ — प्रहरीले अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

अवैध रुपमा अमेरिकी डलर, चिनियाँ येन, हङकङ डलर र नेपाली मुद्रा विदेश हङकङ लैजान लागेका क्यानेडियन नगारिक ६९ वर्षीया जेनिअ मि गअ (पासपोर्ट नम्बर ७५८६६२) लाई प्रहरीले शुक्रबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ जान लागेकी उनले अवैध रुपमा अमेरिकी डलर २० हजार ६ सय ३०, नेपाली १० हजार रुपैयाँ, हङकङ डलर १ हजार ४ सय २०, चिनियाँ येन १ हजार ५० बोकाका थिए ।

विमानस्थलको ह्यान्ड ब्यागेज एक्सरेमा जाँच गर्ने क्रममा व्यागभित्र लुकाएको सो अवैध रकमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us