
काठमाण्डु, १८ जेठ– प्रायः व्यंग्य विनोदी भावमा देखिने प्रधानमन्त्री केपी ओली यसपटक भारत यात्राका क्रममा खिन्नजस्तै देखिए ।
भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेख २४ घण्टा उनी बढी सोचमग्न देखिए । हिजो बिहान (शुक्रबार) बाह्रखम्बा रोडस्थित नेपाली दूताावसमा केहीबेर नेपाली संवाददातासँग कुरा गर्दा पनि उनी गम्भीर देखिए । ‘तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै अन्वर्तार्तामा भनेअनुसार अब तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो । उनले व्यंग्य मिश्रित शब्दमा भने, ‘मेरो कार्यकाल एक वर्ष होइन, चार÷पाँच दिन मात्र बाँकी छ । आलोपालो सरकार चलाउने सहमति पूरानै कुरा भएको खुलाउँदै उनले यो गोप्य दस्तावेज नभएको बताए । ‘उहिले नै सार्वजनिक भइसकेको विषयलाई यतिबेला उछालेका छन्, यो त नेपालको राजनीतिको चरित्र हो’, उनले भने ।
अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकीकरणका क्रममा आलोपालो सरकार चलाउने सहमति भएको प्रसंग उप्काउँदै त्यहाँबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए । अघिलले वर्ष जेठ दुईमा पनि ओली र प्रचण्ड हस्ताक्षर गरेको सहमतिपत्रको चौथो बुँदामा दुवै अध्यक्षले समानता र समान अवधिका आधारमा आवश्यकताअनुसार सरकारको नेतृत्व गर्ने उल्लेख छ । ओलीले आफू र अध्यक्ष प्रचण्डबीच कुनै असमझदारी नरहेको समेत दाबी गरे । कान्तिपुर दैनिकबाट