बोलेनन् केपी ओली

काठमाण्डु टुडे २०७६ जेठ १७ गते २१:०६ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– प्रधानमन्त्री केपी ओली भारतीय समकक्षी नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका छन् ।

ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा बुधबार दिल्ली पुगेका थिए । बिहीबार उनी सपथग्रहणमा सहभागी भए र मोदीलाई बधाई दिए । लगत्तै ओली–मोदी भेटवार्ता भयो । भेटमा मोदीले आफ्नो निमन्त्रणा स्वीकार गरी सपथ ग्रहणमा सहभागी भएकामा ओलीलाई धन्यवाद दिए । ओलीले मोदीको दोश्रो कार्यकाल सफलताको शुभकामना दिँदै नेपाल भ्रमणको निमन्त्रणा दिए ।

ओलीको स्वागतमा मन्त्रीहरु, नेकपाका नेताहरु, कूटनीतिज्ञ, सुरक्षा निकायका प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समाचार संकलनका लागि सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो । तर, प्रधानमन्त्री ओलीले भ्रमणबारे केही नबोलेपछि पत्रकारहरु त्यसै फर्किए । उनले सञ्चारकर्मीलाई हात हल्लाए र बाटो लागे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us