एस जयशंकर विदेशमन्त्री बनेपछि प्रधनामन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले एस जयशंकर विदेशमन्त्री हुँदैमा केही फरक नपर्ने बताएका छन् । उनले व्यक्ति विशेषले नेपाल–भारत सम्बन्धमा असर नपर्ने बताए ।

भारतको इन्डिया टिभीलाई दिएको अन्तर्वार्तामा पत्रकारले उनलाई पूर्व विदेश सचिव एस जयशंकर मोदी मन्त्रिपरिषदमा विदेशमन्त्री भएको विषयमा प्रश्न सोधेका थिए । पूर्व विदेशसचिव जयशंकर भारतले २०७२ मा नेपालमाथि लगाएको नाकाबन्दीका एक सूत्रधार मानिन्छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपालजस्तो छिमेकी देशसँगको मित्रतामा यो वा त्यो व्यक्तिका कारण खासै फरक पार्दैन । कुन व्यक्ति कुन पदमा पुग्छ भन्ने कुरा भारत सरकार, प्रधानमन्त्री मोदीजी, भारतीय जनताको आन्तरिक विषय हो । को व्यक्तिले कुन पद पायो भन्नेले हाम्रो सम्बन्ध विकासमा कुनै फरक पर्दैन ।’

जयशंकरको नयाँ जिम्मेवारीले नेपाल–भारत सम्बन्ध अप्ठ्यारोमा पर्ला कि भन्ने अड्कलबाजी भइरहँदा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us