बढी भाडा दिन्न भन्दा बीच सडकमै महिला कुटिइन्

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १७:०३ मा प्रकाशित

कञ्चनपुर, १७ जेठ – कञ्चनपुरमा एक महिलामाथि सवारी चालकले निर्घात कुटपिट गरेका छन् । जिल्लाको महेन्द्रनगरमा से १ ज १०९४ नम्बरका चालक गोकुल बोहोराले सडकमै धनगढीकी लक्ष्मी धनाडीमाथि निर्मम कुटपिट गरेका हुन् ।

धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर ती महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीको भनाई छ ।

कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनले अन्य यात्रुबाट समेत बढी भाडा असुलेका थिए ।

https://www.facebook.com/219356148614332/videos/344823789561460/?t=14

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us