निर्दयी किम जोङ, जसले पाँच जना अधिकृतलाई गोली ठोके…

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १६:४९ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले कठोर निर्णय गरेका छन् । किम जोङले आफ्ना ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका हुन् ।

ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो । मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधि पनि सामेल छन् । रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोललगायतले धोका दिएकोमा दोषी ठहर गरिएको हो ।

भियतनाममा भएको दुई नेताको बैठकपछि चोल किमसँगै थिए । उनलाई एउटा एयरपोर्टमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर मारिएको हो । मारिनेमा किम योङ चोल, किम ह्योक चोल, किम यो जोङ, किम सोङ ह्ये र सिन ह्ये योङ रहेका छन् । ट्रम्प र किम जोङ्ग उनबीच यसै वर्ष फेब्रुअरीमा भियतनामको हनोईमा वार्ता भएको थियो ।

दुवैबीच दुई दिनमा दुई पटक वार्ता भयो । तर दुवैबीच कुनै सम्झौता हुनसकेन । व्हाइट हाउसले पनि कुनै सम्झौता नभएको पुष्टि गरेको छ । त्यसपछि यो वार्ता असफल भएको बताइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us