
चितवन, १७ जेठ – गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश कंडेलसहित तीन जना बिरुद्ध अपराधिक उपद्र सम्बन्धि मुद्धा दायर भएको छ ।
उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए । यस ऐनको धारा २८५ अनुसार अभियोग प्रमाणीत भएमा अभियुक्तलाई तीन वर्षको जेल, ३० हजार जरिवाना र क्षतिपूर्ती भराउने सजाय हुनेछ ।
घटनामा संलग्न भएको अभियोगमा अन्य १५ जनालाई अभद्र ब्यबहार सम्बन्धि मुद्धा दायर भएको छ । उनीहरुलाई जिल्ला प्रशासनमा मुद्धा दर्ता गरिएको प्रहरी उपरिक्षक मल्लले जानकारी दिए ।