नाकाबन्दीका ‘ग्राण्ड डिजाइनर’पनि मोदी सरकारका मन्त्री, यी हुन् ५७ मन्त्री

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १०:३३ मा प्रकाशित

नयाँदिल्ली, १७ जेठ – नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीबार बेलुका राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका ५७ जना मन्त्रीलाई शपथ खुवाएका छन् ।

प्रधानमन्त्रीसँग २४ क्याबिनेट मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन् । भाजपा अध्यक्ष मन्त्री अमित शाहले पनि क्याबिनेट मन्त्रीको रुपमा शपथ लिए ।

मोदीले पूर्व विदेश सचिव एस. जयशंकरलाई क्यबिनेटमा ल्याएका छन् । जयशंकरलाई नेपालमा नाकाबन्दीका डिजाइनर भनेर पनि चिनिन्छन् ।

मोदीको दोस्रो कार्यकालका मन्त्रीमण्डलमा को हुने भन्ने विषयलाई निकै गोप्य राखिएको थियो । धेरैजसो सांसदलाई अन्तिम समयसम्म उनको नाम शपथ लिनेहरुको सूचीमा छ छैन भनेर थाहा थिएन ।

बीबीसी संवाददाता जुबैर अहमदका अनुसार यसपटक मन्त्रीमण्डलमा जुन नयाँ नेताले स्थान पाएका छन् उनीहरु एक प्रकारको ‘प्रोबेशन’ मा रहनेछन् ।

नरेन्द्र मोदी र अमित शाहले मन्त्री पद सुम्पिनु अघि उनीहरुलाई ‘मौका दिएको खण्डमा सय दिनमा के गर्नुहुन्छ ?’ भनेर उनीहरुलाई एक प्रकारको प्रोबेशनमा हुनेछन् भनेर बुझाउन खोजे ।

यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीले जसलाई मन्त्री र गोपनियताको शपथ ग्रहण गराए, उनीहरुको नाम यसप्रकार छः

क्याबिनेट मन्त्रीः

१. राजनाथ सिंह – लखनऊ (उत्तर प्रदेश)

२. अमित शाह – गान्धी नगर (गुजरात)

३.नितिन गडकरी – नागपुर (महाराष्ट्र)

४. डीवी सदानन्द गौडा – बेंगलुरु उत्तर (कर्नाटक)

५. निर्मला सीतारमण – राज्यसभा सदस्य

६. रामविलास पासवान – चुनाव लडेनन्

७. नरेन्द्र सिंह तोमर – मुरैना (मध्य प्रदेश)

८. रविशंकर प्रसाद – पटना साहिब (बिहार)

९. हरसिमरत कौर बादल – बठिन्डा (पंजाब)

१०. थावरचन्द गहलोत – राज्यसभा सदस्य

११. एस जयशंकर – पूर्व विदेश सचिव

१२. रमेश पोखरियाल निशंक – हरिद्वार (उत्तराखण्ड)

१३. अर्जुन मुन्डा खून्टी (झारखण्ड)

१४. स्मृति ईरानी – अमेठी (उत्तर प्रदेश)

१५. हर्षवर्धन – चांदनी चोक,दिल्ली

१६. प्रकाश जावडेकर – राज्यसभा सदस्य

१७. पियुष गोयल – राज्यसभा सदस्य

१८. धर्मेन्द्र प्रधान – राज्यसभा सदस्य

१९. मुख्तार अब्बास नकवी – राज्यसभा सदस्य

२०. प्रहलाद जोशी – धारवाड,कर्नाटक

२१. महेन्द्रनाथ पाण्डेय – चन्दौली, उत्तर प्रदेश

२२. अरविन्द सावन्त – मुम्बई दक्षिण, महाराष्ट्र

२३. गिरिराज सिंह – बेगूसराय, बिहार

२४. गजेन्द्र सिंह शेखावत – जोधपुर, राजस्थान

राज्यमन्त्री (स्वतन्त्र प्रभार)

१. सन्तोष गंगवार – बरेली, उत्तर प्रदेश

२. राव इन्द्रजीत सिंह – गुडगाँव, हरियाणा

३. श्रीपद नाइक – उत्तर गोवा, गोवा

४. जीतेन्द्र सिंह – उधमपुर, जम्मू–कश्मीर

५. किरेन रिजिजू – अरुणाचल पश्चिम

६. प्रहलाद पटेल – दमोह,मध्य प्रदेश

७. आरके सिंह – आरा,बिहार

८. हरदीप पुरी – राज्यसभा सदस्य

९. मनसुख मान्डविया – राज्यसभा सदस्य

राज्यमन्त्री

१.फग्गन सिंह कुलस्ते – मन्डला, मध्य प्रदेश

२. अश्विनी चौबे – बक्सर, बिहार

३. अर्जुन राम मेघवाल – बीकानेर, राजस्थान

४. वीके सिंह – गाजियाबाद, उत्तर प्रदेश

५. कृष्णपाल गुर्जर – फरीदाबाद,हरियाणा

६. रावसाहेब दानवे – जालना, महाराष्ट्र

७. जी किशनरेड्डी – सिकंदराबाद, तेलंगाना

८. पुरुषोत्तम रुपाला – राज्यसभा सदस्य

९. रामदास आठवले – राज्यसभा सदस्य

१०. साध्वी निरञ्जन ज्योति – फतेहपुर, उत्तर प्रदेश

११. बाबुल सुप्रियो – आसनसोल, बंगाल

१२. सञ्जीव बालियान – मुजफ्फरनगर, उत्तर प्रदेश

१३. सञ्जय धोत्रे – अकोला, महाराष्ट्र

१४. अनुराग ठाकुर – हमीरपुर, हिमाचल

१५. सुरेश अंगडी – बेलगाम, कर्नाटक

१६. नित्यानन्द राय – उजियारपुर, बिहार

१७. रतन लाल कटारिया – अम्बाला, हरियाणा

१८. वि मुरलीधरन – राज्यसभा सदस्य

१९. रेणुका सिंह सरुता – सरगुजा, छत्तीसगढ

२०. सोम प्रकाश – होशियारपुर, पंजाब

२१. रामेश्वर तेली – डिब्रूगढ, असम

२२. प्रताप चन्द्र सारंगी – बालासोर, ओडिशा

२३. कैलाश चौधरी – बाडमेर, राजस्थान

२४. देबश्री चौधरी – रायगंज, बंगाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us