जसले श्रीमतीसँग सम्भोग गर्न छिमेकीका साढे दुई वर्षीय छोराको बली दिए…

काठमाण्डु टुडे २०७६ जेठ १७ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

यौनशक्ति कम हुदै गएपछि महतोले दैवी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ वर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत वैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । वैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन् । अन्धविश्वासमा विश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालकको बलि चढाएको प्रहरीलाई बताएका थिए ।
उनले प्रहरीलाई दिएको बयानमा २ वर्षदेखि श्रीमतीसँग शारीरिक सम्भोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन् । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us