
काठमाण्डु, १६ जेठ – प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र इजरायलका राजदूत बेनी ओमरबीच शिष्टाचार भेट भएको छ ।
प्रधानसेनापति थापासँग राजदुत ओमरले बिहीबार जंगी अड्डामा भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रधानसेनापति थापा र राजदुत ओमरबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।