
काठमाण्डु, १६ जेठ – सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए । त्यस्तै सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई पनि पदबाट हटाउने निर्णय गरेको छ ।