पर्यटक बस धादिङको खोलामा खस्यो

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ ।

सुनौलीबाट काठमाण्डुतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us