प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ सञ्चालनमा

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् ।

विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका हुन् । उक्त एक्सन रुमको बिहीबार उद्घाटन भएको छ ।

प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका छन् । उनले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा सहज हुने विश्वास ब्यक्त गरेका छन् ।

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us