मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – आर्थिक वर्ष २०७६–७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ । मंगलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा युवराज खतिवडासहितको टोलीले बजेट भाषण टुंगो लगाएको थियो ।

राष्ट्रिय योजना आयोगले १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउन अर्थमन्त्राललाई बजेट निर्माणका लागि सिलिङ दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us