
काठमाण्डु, १५ जेठ – डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी बिरामी भएका छन् । उनको छातीमा इन्फेक्सन भएको छ । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।
रेशम चौधरीको अवस्थाबारे राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले कारागार विभागलाई जानकारी गराएकोमा विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ ।
यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।