
काठमाण्डु, १५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाएको छ ।
उपाधी ग्रहण पछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताएका छन् । ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । ‘कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’
क्रिश्चियन धर्म प्रवद्र्धन गर्ने विश्वविद्यालय
प्रधानमन्त्रीले मानार्थ विद्यावारिधिकाे उपाधि पाएको विश्वविद्यालय क्रिश्चियन धर्म फैलाउन खोलिएको पाइएको छ ।
प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालयले मूल मन्त्रको रूपमा सत्य, स्वतन्त्रता, समानता र कल्याण तथा क्षमतायुक्त व्यक्तिलाई महत्व दिने जसले स्वर्गको पूजा र मानवजातिको सरंक्षण र क्रिस्चियानिटी (इसाइकरण)को भावना र मानवीय हिसाबले समाज र समग्र मानवजातिको लागि काम गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।