भन्सार एजेन्टका सहयोगी घुससहित पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १४:०३ मा प्रकाशित

कैलाली, १५ जेठ – कैलालीस्थित भन्सार कार्यालय टीकापुरका एजेन्टका सहयोगी रामबहादुर साउद घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोगले साउदलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

भारतबाट सामान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार महसुल काटी सोको रसिद उपलब्ध गराई सकेपछि पनि उनले भन्सार छुट गराइ दिएको भनी सेवाग्राहीसँग घुस लिएका थिए ।

उनलाई टीकापुर भन्सार कार्यालय खक्रौलाबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us