
काठमाण्डु, १५ जेठ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सत्तामा बसेकाहरुबाटै गणतन्त्र जोगाउनुपर्ने अवस्था रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्नेहरुबाटै गणतन्त्र खतरामा रहेको औंल्याएका हुन् ।
‘सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरुबाट, दलभित्रको ‘राज शाही’ प्रवृत्तिबाट अनि गणतन्त्रको शिरमा बस्नेहरुबाटै जोगाउनुछ गणतन्त्र । गणतन्त्र आचरण पनि हो, गणतन्त्रमा राजतन्त्रको भद्दा नक्कल गर्नेहरुबाट जोगाएर अनि हामी आफैं पनि बदलिएर सदैव जनताको मनमा राख्नुछ गणतन्त्र,’ थापाले ट्विट गर्दै भनेका छन् ।