पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छः परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री ज्ञवालीलेसर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी दिए ।

सोमबारबाट काठमाण्डुमा सुरु भएको ‘एशीयामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौती र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा उनले द्वन्द्वकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानवीन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुन नियुक्तीको काम पनि अघि बढाइएको बताए ।

दुवै आयोगको पदाधिकारी छनौट भएपछि द्वन्द्व पीडितहरुले न्याय पाउने गरी सरकारले आफ्नो कामलाई अघि बढाउने मन्त्री ज्ञवालीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us