सुकेधारा बम विस्फोटस्थलबाट मोटरसाइकल बरामद, घाइतेको परिचय खुल्याे

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १२:४० मा प्रकाशित

विराटनगर, १३ जेठ – आइतबार अपरान्ह सुकेधारास्थित ढलाने पुलमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले घटनास्थल नजिकै १० मिटर टाढाबाट एक थान मोटरसाइकल बरामद भएको सोमबार संसदलाई सम्बोधन गर्दै जानकारी दिए ।

गृहमन्त्रीले भने, ‘घटनास्थलबाट १० मिटर टाढा बा४७प १४७७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद भएको छ । बाइकको साँचो र विलबुक समेत भेटिएको छ ।’

गृहमन्त्रीका अनुसार जस्ताले छाएको एक तले घरमा महोत्तरी घर भएमा जिव कुमार ठाकुरको पसल भित्रको कोठामा बम विस्फोट भएको थियो ।

घाइतेहरुमा हरि खड्का, सुरेन्द्र महर्जन, छोटु ठाकुर र एक जना नाम नखुलेका व्यक्ति रहेका छन् ।

यता, अनामनगर लोकमञ्जरी कार्कीको तीन तले घरमा भएको विस्फोटमा बझाङका प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us