मकालु हिमालबाट आयो दुःखद खबर

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १४:०८ मा प्रकाशित

संखुवासभा, १२ जेठ – विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय छन् ।

शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको हो ।

त्यस्तै, मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । उनीहरूको जेठ २ गते मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५४ वर्षीय डिपंकर गैड्स र र ३५ वर्षीय नारायण सिंह भएको बताइएको छ । उनीहरूको शव पोष्टमार्टमका लागि सोलुखुम्बु लगिएको छ । मकालुका निमा तेन्जीको शव पोष्टमार्टमाका लागि आइतबार हेलिकोप्टर बाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीनकुमार लामाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us