
काठमाण्डु, १२ जेठ – यो वर्षको बसन्त सिजनमा सगरमाथा आरोहण गर्न जानेक्रमा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । सगरमाथाको चुचुरोमा आरोहीले गर्दा जाम बढी भएपछि मृतकको संख्या बढेको हो । सो मध्य सात जना विदेशी र एक जना नेपाली रहेका छन् ।
चीनले यो वर्ष सरसफाइ गर्ने भन्दै सगरमाथा आरोहण बन्द गरिदिएपछि नेपालबाट आरोहण गर्नेको सख्या बढेको हो । एकातिर संख्या बढेको र अर्कोतिर मौसम पनि प्रतिकुल भएका कारण योपटक एउटै सिजनमा धेरै ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
मौसमी अवस्था र आरोहण क्षमता अनुमान नगरी जथाभावी आरोहणको अनुमति दिने सरकारी व्यवस्थाका कारण पनि यस्तो भएको कतिपयको आरोप रहेको छ ।