आयो प्रमोद खरेलको चर्चित गीत(भिडियोसहित)

काठमाण्डु टुडे २०७६ जेठ १० गते १२:१८ मा प्रकाशित

काठमाण्डु, १० जेठ – गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन् ।

पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरेलाई प्रस्तुत गरिएको छ । ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गरेका हुन् ।

म्युजिक भिडियोमा चोखो मायामा धोका पाउँदाको पीडाको कथा प्रस्तुत गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us