
पाल्पा, १० जेठ – पूर्वी पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको ज्यान गएको छ । रामपुर नगरपालिका–३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घर आँगनमा खेल्दा खेल्दै पानीको बाल्टीमा डुबेका थिए ।
बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपाल सिंह रानाले बताए ।