बिहार, ९ जेठ – बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएका छन् । उनले अन्तिम समयसम्म पनि आफू नहार्ने बताएका थिए ।
कन्हैया कुमारले भाजपार्टी नेतासँग साढे ३ लाखभन्दा बढी मतले पराजित भए । कन्हैया कुमार बिजेपीका उम्मेद्वार सिंहसँग लोकसभा निर्वाचनमा ३ लाख ६७ हजार ३८९ मतले पराजित भएका हुन् ।
अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा गिरिराजले ६ लाख ३ हजार २२ मत प्राप्तगर्दा कन्हैयाले २ लाख ३६ हजार १३३ मत ल्याएका छन् ।
त्यस्तै चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, राजस्थान, छत्तिसगढ र झारखण्डमा ठूलो अग्रता बनाइरहेको छ । पूर्ण नजिता हालसम्म सार्वजनिक गरिएको छैन ।