मेलम्ची खानेपानी आयोजनाबारे सरकारले गर्यो यस्तो निर्णय

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ९ जेठ – सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रोकिएको काम तत्काल अघि बढाउन सरकारले छिटो प्रक्रिया अपनाएर निर्माण पुरा गर्ने निर्णय गरेको जानकारी दिए ।

इटालिएन कम्पनी सिएमसीका कारण मेलम्ची क्षेत्रमा उत्प‍न्‍न भएका समस्या समाधानको पहल पनि सरकारले नै थाल्ने बाँस्कोटाले बताए ।

‘मेलम्चीको पानी काठमाण्डुमा छिटो भन्दा छिटो पानी ल्याउन नयाँ ठेकेदार खोज्‍नेदेखि काम विभाजन गर्नेसम्मका विकल्प खोज्न सरकार तयार छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us