सरकारलाई सभामुख महराले सचेत गराए

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १५:२० मा प्रकाशित

काठमाण्डु, ९ जेठ – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै कानून निर्माणको कामलाई अघि बढाउन सरकारलाई सचेत गराएका छन् ।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाण्डुमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्म अनुसार कानून निर्माण भएरनभएको निगरानी राख्ने काम गर्न पनि संसदीय समितिको भएको स्पष्ट पारे ।

सभामुख महराले सरकारले आश्वासन अनुसार काम गरेरनगरेको निगरानी राख्ने काम गर्न संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको रहेको पनि स्मरण गराए ।

सभामुख महराले संविधान अनुसार कानून निर्माण र त्यसको कार्यान्वयनको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्नुपर्ने पनि दोहोर्याए ।

उनले कानून निर्माणको काममा सरकारलाई आवश्यक सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us