काठमाण्डुमा टिप्पर आतंकः एक जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७६ जेठ ९ गते ९:५३ मा प्रकाशित

काठमाण्डु, ९ जेठ – काठमाण्डुको तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको । घटनामा अर्का एकजना घाइते भएका छन् ।

बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलका चालक भने सकुशल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us