
काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य छलफल गरेका छन् । बुधबार बिहान बालुवाटारमा अध्यक्षद्धयले करिब तीन घण्टा गोप्य छलफल गरेका हुन् ।
उनीहरुबीच पार्टी एकता प्रक्रियामा भएको असन्तुष्टि, सरकारको कामकारवाहीबारे छलफल भएको बताइएको छ । सरकारका कामकारबाहीबारे बढी आलोचना भएको विषयमा पनि छलफल भएको थियो ।
स्रोतकाअनुसार आज विहान करिब ३ घण्टा भएको गोप्य भेटमा बजेटबारे पनि छलफल भएको थियो । जिल्ला कमिटी र जनवर्गीय संगठनमा वरियता नमिलेकाहरुलाई अन्य कमिटीमा लैजानेबारे पनि छलफल भएको थियो ।
केहि दिनअघि नेकपाले जनवर्गीय संगठनको एकता घोषणा भएको थियो । उक्त घोषणापछि तत्कालिन नेकपा माओवादी केन्द्र र एमालेभित्र पनि विवाद थियो ।