कार्यालयमै कर्मचारीका गालामा थप्पड हानियो

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १०:५८ मा प्रकाशित

सिरहा, ८ जेठ – सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । कार्यकक्षमा काम गरिरहेको बेला ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालिका ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहितको समूहले हातपात गरेको जनाइएको छ ।

गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभूत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवित्तिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले बताए ।

उनले भने, ‘नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, केको आधारमा मूल्याङ्कन गर्ने भन्न नपाउँदै उनीहरुले गालामा थप्प्ड हाने ।’

यता वडा अध्यक्ष रामकुमार श्रेष्ठले भने आफूलाई यादवले कुन बजेटबाट काम गरेको केही जानकारी नभएको बताए ।

यता नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us