आफैं गाडी चलाएर नोबेल अस्पताल भर्ना भएका वरिष्ठ बालरोग विशेषज्ञको निधन

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १०:३७ मा प्रकाशित

विराटनगर, ८ जेठ – मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नोवेल अस्पतालमा भर्ना भएका डा. अग्रवालको मंगलबार राति निधन भएको अस्पतालले जनाएको छ ।

छ वर्षदेखि कोसी अञ्चल अस्पतालमा कार्यरत ४२ वर्षीय अग्रवाल मुटुमा समस्या देखिएपछि १५ दिनअघि आफैँ गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । त्यहाँ एन्जिओप्लास्टी गर्ने क्रममा उनलाई मस्तिष्कघात भएको थियो । डा. अग्रवालको विराटनगरको जहदा रोडमा घर छ । उनका श्रीमती र एक छोरी छन् ।

उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए । सबैसँग घुलमिल हुने तथा राम्रो व्यवहार गर्ने उनको स्वभाव थियो । अग्रवालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केहीबेर निवासमा राखिने र बुधबार नै स्थानीय सिंघिया खोला (हाटखोला) मा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us