पर्वतका युवकले म्यासेन्जरबाट दुर्व्यवहार गरेपछि…

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १४:४१ मा प्रकाशित

पर्वत, ७ जेठ – सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका–६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन् ।

नेपाली नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेकोमा मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डु पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us