भौतिक पूर्वाधारमात्र विकास होइनः मुख्यमन्त्री पौडेल

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १४:१६ मा प्रकाशित

हटौंडा, ६ जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन् ।

गजुरी गाउँपालिका भवनको सोमबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गरे ।

समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उजले आग्रह गरे ।

गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूिम त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us