उपत्यकाबाट टेम्पो र साना सार्वजनिक यातायात हटाइने

काठमाण्डु टुडे २०७६ जेठ ६ गते ८:०८ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– काठमाण्डु उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो । ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउन खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us