
काठमाण्डु, ३ जेठ — धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पकाे धक्का काठमाण्डु उपत्यकामा पनि महसुस गरिएकाे हाे ।
शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।
धादिङसहित काठमाण्डु उपत्यका, नुवाकोट, गोरखालगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ सालको गोरखा भूकम्पपछि लगातार पराकम्पनहरु जाने क्रम अझै रोकिएको छैन् ।